समाजसेवी सुरेशचन्द्र र ज्ञानु कोइरालाद्वारा तालबाराही मन्दिर निर्माणका लागि सहयोग

  • पोखरा न्यूज
  • २०८१ श्रावण २१
समाजसेवी सुरेशचन्द्र र ज्ञानु कोइरालाद्वारा तालबाराही मन्दिर निर्माणका लागि सहयोग

पाेखरा । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ निवासी समाजसेवी सुरेशचन्द्र र उनकी धर्मपत्नी ज्ञानु कोइरालाले तालबाराही मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । सहयोग रकम २५ हजार पाँच सय ६५ रुपैयाँ रहेको छ ।

आफ्ना पिता गोविन्दप्रसाद कोइरालाको स्मृतिमा उक्त रकम सहयोग गरिएको हो । सुरेशचन्द्र र ज्ञानु गोविन्दप्रसादका माइला छोरा बुहारी हुन् ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष परशुराम शर्मा पहारी, उपाध्यक्ष जुना अधिकारी, पुजारी उमेश शर्मा पहारी, सूचना अधिकारी राजेन्द्र खत्री र कार्यालय सचिव लक्ष्मण पहारीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

कोइराला परिवारजनले केही दिन अघि मात्रै पोखराको मालेपाटनस्थित बाराही माविमा तीन लाख तीन हजार पाँचसय ५५ रुपैयाँको गोविन्दप्रसाद-लीलावती-रुक्मिणी कोइराला अक्षयकोष स्थापना गरेका थिए ।

विसं २०७२ को भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि मन्दिरको नयाँ भवन बनाउन लागिएको हो । मन्दिर निर्माणका लागि रु एक करोड ४५ लाख लाग्ने बताइन्छ ।

पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आइएको छ । हाल भत्काइएको मन्दिर २०१७ सालमा निर्माण भएको थियो ।

पुरानो मन्दिर भत्काइए पनि बाराही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी त्यहाँ पुग्ने गर्छन् ।

पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापनका लागि रु नौ करोडको गुरुयोजनासमेत तयार गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस