पोखर । पोखरा चेम्बर अफ कमर्स कास्की र पोखरा महानगरपालिका वडा नं. १७ स्थित फिस्टेल ड्रिम पार्कबीच छुटसम्बन्धी सम्झौता भएको छ ।
फिस्टेल ड्रिमपार्कद्वारा आइतबार नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै सोही अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीबीच छुटसम्बन्धी सम्झौता भएको महासचिव गोकर्ण अधिकारीले जानकारी दिए ।
सम्झौतापत्रमा ड्रिमपार्कको तर्फबाट सञ्चालक कमल बस्नेत र चेम्बरको तर्फबाट नवनिर्वाचित अध्यक्ष उमराज बास्तोलाले हस्ताक्षर गरे ।
सम्झौतापछि चेम्बरका सदस्यले पार्कमा २५ प्रतिशत छुट पाउने भएका छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको शनिबार सम्पन्न तेस्रो अधिवेशनले उमराज बास्तोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution