
पोखरा । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराएको छ ।
योसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपालले सेमिफाइलमा इरानसँग खेल्नेछ ।
आज भएको खेलमा नेपालले २५-८, २५-१९ र २५-१८ को जित हासिल गरेको हो ।
सेमिफाइनल खेल मंगलबार हुनेछ ।
पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।





