पोखरा । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श हार्डवेयर्सले लेखनाथ पत्रकार मञ्चलाई सहयोग गरेको छ ।
हार्डवेयर्स स्थापनाको १३औं वार्षिकोत्सवमा सञ्चालक विजय गुरुङले मञ्चको ‘लेखनाथ पत्रकारिता पुरस्कार’ कोष वृद्धिमा सहयोग गरेका हुन् ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र हार्डवेयर्स सञ्चालक विजय गुरुङले मञ्च अध्यक्ष कविराज खनाललाई २५ हजार १३ रुपैयाँको चेक हस्तान्तरण गरे ।
हार्डवेयर्स सञ्चालक गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकरुपमा विभिन्न कार्यक्रम गरिएको र यसपटक मञ्चलाई सहयोग गरेको बताए ।
लेउवासंघ अध्यक्ष श्रेष्ठले ब्यवसाय गर्दा नाफाको केही अंश सामाजिक क्षेत्रमा पनि लगानी गर्न सके समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।
संयुक्त गोर्खा भूपू सैनिक क्लब अध्यक्ष तथा लेखनाथ उद्योग वाणिज्य संघका सल्लाहकार मेजर रामप्रसाद गुरुङले व्यवसायको वार्षिकोत्सव मनाउने प्रचलन नभइरहेको अवस्थामा आदर्श हार्डवेयर्सले नयाँ कार्यको थालनी गरेकोे दावी गरे ।
मञ्च अध्यक्ष कविराज खनालले विजय गुरुङ व्यवसायीमात्र नभएर मनको पनि धनी भएको उल्लेख गर्दै आगामी दिनमा आम उपभोक्ताको मन जित्दै व्यवसायलाई नाफाको रुपमा मात्र नहेरी समाजसेवाको रुपमा अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा लेखनाथ निर्माण व्यवसायी समितिका अध्यक्ष प्रेम थापा, लेखनाथ कुटानी पिसानी व्यवसायी समितिका पूर्व अध्यक्ष रामजी पौडेलल, लेखनाथ हार्डवेयर्स एसोसिएसन महासचिव शिवराज अधिकारी, व्यवसायी विष्णु हमाललगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution