पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समिति संयोजकको जिम्मेवारी ईन्द्रप्रसाद सुवेदीको काँधमा आएको छ ।
विन्ध्यवासिनी माध्यमिक विद्यालयको संरक्षण, व्यवस्थापन तथा स्वामित्वमा सञ्चालित गुफाको समग्र विकासका लागि विद्यालय व्यवस्थापन समितिले सदस्य सुवेदीलाई जिम्मेवारी दिएको हो ।
समिति सदस्यमा भरतबहादुर बस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एकबहादुर नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा छन् ।
समितिको पदेन सदस्यमा निवर्तमान संयोजक गुरूदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र समितिको सदस्य सचिवमा शिशिर पौडेल छन् ।
समितिको सल्लाहकारमा सुवासबावु अधिकारी, गोविन्दबहादुर वस्नेत, यदुनाथ बञ्जरा, पुष्पराज अधिकारी, केशवबहादुर बस्नेत र प्राविधिक सल्लाहकारमा इन्जिनियर भुवनबहादुर थापा छन् ।
संयोजक सुवेदी, सदस्य तथा सल्लाहकारलाई स्वागत गर्दै विद्यालय व्यवस्थापन समितिका निवर्तमान संयोजक भट्टराईले पोखराको पहिचानका रूपमा रहेका महेन्द्र तथा चमेरे गुफाको समग्र विकासमा समितिले प्रभावकारी भूमिका निर्वाह विश्वास व्यक्त गरे ।
संयोजक सुवेदीले सबैको समवन्यमा गुफाको गुरुयोजना अनुरुप यस क्षेत्रको विकासमा ध्यान दिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सल्लाहकार गोविन्द बस्नेत, यदुनाथ बञ्जरा, पुष्पराज अधिकारी, सदस्य प्रेम तिमिल्सिना, एकराज नेपालीले प्राकृतिक सम्पदालाई असर पुग्ने गरी राजमार्ग ल्याउन खोजिएको बताए ।
प्राविधिक सल्लाहकार इन्जिनियर भुवनबहादुर थापाले महेन्द्र गुफा बृहत् विकास परियोजनाअन्तर्गत निर्माणाधीन कार्यको जानकारी गराए ।
सदस्यसचिव पौडेलले पर्यटकलाई आर्कषण गर्ने खालका थप संरचनाको निर्माणमा जोड दिँदै पछिल्लो समय बाढीपहिरो तथा सडक र हवाई क्षेत्रमा भएका दुर्घटनाले पर्यटक आवागमनमा कमि भई पर्यटन क्षेत्रमै असर परेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution