काठमाडौँ । यसवर्षको मनसुनजन्य विपद्बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरालगायत विपद्बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन् । बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन् ।
दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई/दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution