आज गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ श्रावण २२
आज गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

पाेखरा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

सबै प्रदेशका धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

पाेखरामा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

राति देशभर साधारणतया बदली रहेको छ।

गण्डकी, कोशी, मधे र, बागमती प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सबै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस