
गोरखा । गोरखामा सोमबार गोठमा आगलागी हुँदा एक हल गोरु र गाई जलेर मरेका छन् ।
गोरखा नगरपालिका वडा नं. १४ पियोर गाउँस्थित प्रताप पन्तको गोठमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुस सल्किँदै जाँदा टिनले छाएको गोठ पूर्णरूपमा जलेर गोठ भित्र रहेका एक हल गोरु, गाई, सामुदायिक वनबाट काटेर राखेका सालका काठसमेत ध्वस्त भएको डीएसपी श्रेष्ठले बताए ।
सोही वडाका वडाध्यक्ष गोपाल थापाका अनुसार प्रहरीले आगलागीको मुचुल्का उठाएर पठाएको छ ।





