
पाेखरा। काभा महिला भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
फाइनल प्रवेशका लागि आज जित्नुपर्ने दबाबका साथ नेपाल मैदान उत्रिनेछ ।
यसअघि इरानसँग भएको खेलमा नेपाल पराजित भएको थियो ।
तर आजको खेलमा इरानलाई पराजित गर्दै फाइनल पुग्ने नेपालको लक्ष्य छ ।
यसअघि नेपालले श्रीलंकालाई ३-०, भारतलाई ३-२ ले जित निकालेको थियो भने र इरानसँग ३-२ ले पराजित भएको थियो ।
त्यस्तै माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेमिफाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।





