पोखरामा वर्षा जारी, गण्डकीसहित कोशी, बागमती र लुम्बिनीमा भीषण वर्षा हुने

  • पोखरा न्यूज
  • २०८१ श्रावण २२
पोखरामा वर्षा जारी, गण्डकीसहित कोशी, बागमती र लुम्बिनीमा भीषण वर्षा हुने

पोखरा । हाल गण्डकी प्रदेशको राजधानी पोखरामा वर्षा भइरहेको भइरहेको छ । सोमबार राति ११ बजेदेखि सुरु भएको वर्षा मंगलबार बिहान ११ः३० बजेसम्म जारी छ । आज दिनभर नै वर्षा हुने बताइन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा हुनेछ । गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा विभागले आग्रह गरेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै गण्डकी, बागमती, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

साथै गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्र्यान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस