-अजित क्षेत्री
‘मानिस ब्रेडले होइन ब्रेनले चल्छ’-महामानव वीपी कोइराला
बंगलादेशको उच्च आर्थिक वृद्धिदर, ठूलो अर्थतन्त्र बन्नतर्फ अग्रसर, राम्रो जीडीपी, बेरोजगार जम्मा ३ प्रतिशत तथ्यांक ज्यादै उत्कृष्ट छ ।
तर आरक्षण र विभिन्न विभेद, राज्यको कर्मचारी र प्रशासनको जनताप्रति हेपाहा प्रवृत्ति (खराब शासकीय संरचना र तिनको व्यवहार), राजनीतिमा परिवारवाद, भ्रष्टाचार, आमनागरिकको अपमान (विधिको शासन) भन्सुन बिना काम नहुने ।
आर्थिक विकास भएको छ, कसको बोली किन सुन्ने भन्ने अनुदार सरकारको विरुद्ध ‘आत्मसम्मान, स्वतन्त्रता र सुशासन’ विधिको शासन (सिस्टम) खोज्दै जनताको विद्रोह भयो ।
हामीले जे खोजिरहेको आर्थिक विकास हो त्यो बंगलादेश नमूना थियो र पनि विधिको शासन भन्दा पारिवारिक विरासत र प्रधानमन्त्रीको व्यक्तित्वको चर्चा सत्तारुढ दलको प्राथमिकता रहयो ।
निरन्तर एउटै व्यक्ति सत्तामा रहँदा व्यवस्था नै खतरामा पर्यो । राज्यको राजनीति पुस्तान्तरण, विधिको शासन (सिस्टम) बसाउने, राज्यको प्रतिनिधित्व गर्ने प्रशासनिक निकाय जनमैत्री बनाउने, जवाफदेहिता र आम नागरिकको आत्मसम्मान पनि आर्थिक विकास बराबरको आवश्यकता हुन् भन्ने विषय वीपीको महावाणीमा झल्किन्छ र त्यो आजको आवश्यकता पनि हो, ‘मानिस ब्रेडले होइन ब्रेनले चल्छ’ ।
बंगलादेशको अवामी लिगले सुनको पिँजडामा राखेर सबै कुरा दिने तर स्वतन्त्रता र समानता नदिने निर्णय जनताले स्विकारेनन् । न्यायका लागि भएको र नेपालमा डेट एक्सपायर घोषणा गरिएको न्यायका लागि भएको विद्यार्थी आन्दोलन ‘दुरुपयोग नहोस्’ ।
राजनीति दल र युवाको विधिको शासन खोज्ने, आर्थिक विकाससँगे समानता, स्वतन्त्रता र न्याय खोज्ने झगडामा अवसरवादीले फाइदा लिन नसकुन् भन्ने कामना छ ।
-लेखक नेपाली कांग्रेस गण्डकी प्रदेशअन्तर्गत भातृसंस्था समन्वय विभाग प्रमुख तथा कार्यसम्पादन समिति सदस्य हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution