युनुस बने बंगलादेशका अन्तरिम सरकार प्रमुख

  • पोखरा न्यूज
  • २०८१ श्रावण २३
युनुस बने बंगलादेशका अन्तरिम सरकार प्रमुख

पाेखरा। नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशका अन्तरिम सरकार प्रमुख बनेका छन् ।

राष्ट्रपति शहाबुद्धिनका प्रेस सचिवले मंगलबार राति यो जानकारी दिएका हुन् ।

यो निर्णय संसद भंग गरेपछि राष्ट्रपति र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि लिइएको हो ।

यसमा तीन सशक्त बलका सुरक्षाकर्मीका प्रमुख पनि सहभागी रहेका थिए ।

यता पूर्व प्रधानमन्त्री शेख हसिना केही समय भारतमै रहने बताइएको छ ।

गत सोमबार पदबाट राजीनामा दिएर उनी भारत भागेकी थिइन् ।

उनलाई बेलायतले शरणमा लिन नमानेको बताइरहँदा उनी केही समय भारतमै रहने भएकी हुन् ।

बेलायती सरकारले बंगलादेशमा विरोध प्रदर्शन चलिरहँदा उनीमाथि कारबाही हुन सक्ने संकेत गरेसँगै उनी भारतमै सुरक्षित रहने भएकी हुन् ।

पीटीआईका अनुसार हसिनालाई हाल सुरक्षित स्थानमा राखिएको छ ।

मिडिया रिपोर्टका अनुसार अमेरिकाले हसिनाको भिसा रद्द गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस