
पोखरा । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ नाग्दी खोलामा ढुंगासहितको पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज बुधबार बिहान ७ः४० बजे पहिरो खस्दा सो सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
सडक खुलाउनका लागि प्रहरी निरीक्षकसहितको टोली पहिरो खसेको ठाउँमा पठाइएको बताइएको छ ।
पहिरो ठूलो भएकाले हटाउन समय लाग्ने बताइएको छ ।





