पोखरा । होटल प्रतिनिधि समाज पोखराले वडा प्रहरी कार्यालय बैदामका नवआगन्तुक प्रमुखको स्वागत गरेको छ ।
समाजले एक कार्यक्रम आयोजना गरी हालै बैदाम प्रहरीको प्रमुख भएर आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलाको स्वागत गरेको हो ।
सो अवसरमा डीएसपी निरौलाले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षा अमनचयन र भयरहित वातावरण निर्माण गर्न मिलेर अघि बढ्ने बताए । उनले आफ्नो क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्ने स्पष्ट पारे ।
कानुनी मान्यता र अधिकारका आधारमा सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने गरी काम गर्ने प्रतिवद्धता जनाउँदै उनले त्यसका लागि समाजसँग पनि सहकार्य गर्ने बताए ।
समाजका पूर्वअध्यक्ष एवं होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बैदाम प्रहरीमा नयाँ प्रमुखको आगमनसँगै व्यवसायीले निर्धक्कसँग व्यवसाय गर्न पाउने विश्वास व्यक्त गरे ।
समाजका अध्यक्ष माधव लम्सालले संयोगले प्रहरी प्रमुख नयाँ र समाजको नेतृत्व पनि नयाँ भएको भन्दै दुवै नयाँनयाँ मिलेर अब नयाँ सिराबाट अघि बढ्न आफूले चाहेको बताए ।
समाज र प्रहरीबीच सुमधुर सम्बन्ध रहेको स्पष्ट पार्दै उनले प्रहरीको प्रत्येक कदममा आफूहरुको साथ रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा समाजका पूर्वअध्यक्ष राजकुमार गुरुङ, निवर्तमान अध्यक्ष सन्तु चौधरी, वरिष्ठ उपाध्यक्ष जीवराज उपाध्याय, सचिव शिवप्रसाद अधिकारीलगायतले बोलेका थिए ।
कास्की प्रहरीलाई पुस्तक हस्तान्तरण
होटल प्रतिनिधि समाजले जिल्ला प्रहरी कार्यालय कास्कीमा स्थापित पुस्तकालयका लागि पुस्तक सहयोग गरेको हो ।
समाजका अध्यक्ष माधव लम्सालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापालाई ८८ थान पुस्तक हस्तान्तरण गरिएको हो ।
सो अवसरमा समाजका निवर्तमान अध्यक्ष सन्तु चौधरीलगायत पदाधिकारी र सदस्य सहभागी थिए ।
विभिन्न दाताको सहयोगमा पुस्तक प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयको पुस्तकालय हालै सञ्चालनमा आएको छ । पुस्तकालयमा हालै तीन हजार भन्दा बढी पुस्तक थपिएको कास्की प्रहरी प्रमुख थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतसहित वडा प्रहरी कार्यालय रामबजार, बैदाम, बगर र इलाका प्रहरी कार्यालय शिशुवाका हिरासतमा पनि पुस्तक राखिएका छन् ।
रक्तदान कार्यक्रमको तयारी
होटल प्रतिनिधि समाजले यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
आगामी भदौ ५ गते लेकसाइडमा रक्तदान कार्यक्रम आयोजना गरिएको समाज अध्यक्ष माधव लम्सालले जानकारी दिए ।
समाजले गत वर्ष आयोजना गरेको रक्तदानमा ११२ युनिट रगत संकलन भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution