अन्नतः नेपाल भारतसँग पराजित

पोखरा । काभा वुमन्स नेसन्स भलिबलको उपाधि भारतले जितेको छ ।

उपाधि भिडन्तमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम सेट गुमाउँदै उपाधि विमुख भएको हो ।

नेपालले पहिलो र तेस्रो सेट जितेको हो भने भारतले दोस्रो, चौथो र पाँचौँ सेट जितेको हो ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५-१४ ले जित्यो ।

तेस्रो सेट नेपालले २५-२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५-२१ ले जित्यो ।

पाँचौ सेट भारतले नेपाललाई १५-५ ले जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button