धादिङको त्रिपुरासुन्दरी-४ भद्रेचौरमा जीप दुर्घटना

पोखरा । धादिङमा आज दिउँसो जीप दुर्घटनामा परेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नंं. ४ भद्रेचौर भन्ने स्थानमा आज दिउँसो करिब ३ बजे सो जीप दुर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ५० मिटर तल पुगेको हो ।

धादिङवेसीबाट गंगाजमुना गाउँपालिकाको फूलखर्कतर्फ जाँदै गरेको प्रदेश-२-०३-००१ज ०००७ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित पाँच जना सामान्य घाइते भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button