पोखरा । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराले जिल्ला कारागार कास्कीमा राहत वितरण गरेको छ ।
‘सेवा नै धर्म हो’ भन्ने मूल उद्देश्यका साथ कारागारमा रहेका महिला कैदीबन्दीलाई अत्यावश्यक पर्ने कम्बोर्ड सेट, स्ट्याण्ड फ्यान, बल्ब, होल्डर, तार र सेनेटरी प्याडलगायतका सामग्री सहयोग गरेको हो ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) दुर्गा सिंहको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
सो अवसरमा डीआइजी सिंह अत्यावश्यक वस्तुको मूल्य थोरै भए पनि महत्व धेरै रहेको बताइन् । उनले तिनै अत्यावश्यक वस्तुले क्षमता भन्दा धेरै संख्यामा बस्नु परेका महिला कैदीबन्दीको बसाई सहज बन्ने विश्वास व्यक्त गरिन् ।
कारागारका प्रशासकीय प्रमुख राजेन्द्र शर्माले सहयोग गर्ने नेपाल प्रहरी श्रीमती संघप्रति आभार प्रकट गर्दै आगामी दिनमा अन्य संघ संस्थाबाटसमेत सहयोगको अपेक्षा रहेको बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्त शर्मा र नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखराका पदाधिकारी सहभागी थिए ।
२० महिला कैदी बन्दीको क्षमता रहेको कास्की कारागारमा हाल ५२ जना छन । सोही अवसरमा डीआइजी सिंहले कारागारको सम्पूर्ण सुरक्षा अवस्थाको निरीक्षणसमेत गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution