|प्रतीकात्मक तस्बिर
पोखरा । जापानमा ७दशमलव१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समयअनुसार बिहीबार दिउँसो मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको जापानको समाचार संस्था एनएचके वर्ल्डले जनाएको छ।
शक्तिशाली भूकम्प गएसँगै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको एड्भाइजरी जारी गरेको हो।
मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूमा सुनामी आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको हो।
सुनामी एक मिटरसम्म आउन सक्ने एनएचकेले समाचारमा लेखेको छ।
त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution