पोखरा । फेवाताल किनारास्थित बाराहीघाटमा आयोजित सन्ध्या आरतीमा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष निरौलालाई स्वागत गरिएको छ ।
यस क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारीका साथ १५ दिन अघिमात्र सरुवा भई आएका निरौलालाई माता तालबाराही सेवा समितिका अध्यक्ष ढाकाबहादुर थापा, निवर्तनमा अध्यक्षद्वय गिरिराज अधिकारी र मंगल नेपालीले रुद्राक्षको मालाले स्वागत गरेका हुन् ।
सो अवसरमा डीएसपी निरौलाले पर्यटकीय राजधानी पोखराको शान्ति सुरक्षा अमनचयनमा सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
साँझको समयमा फेवाताल किनारामा महाआरती सञ्चालन गर्दा समग्र मानिसमा सकारात्मक सन्देश प्रवाह भई नकारात्मक सोँचको अन्त्य हुने उनको विश्वास छ ।
उनले धार्मिक एवं आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
२०७५ साल असोज २४ गते घटस्थापनाका दिनबाट सञ्चालन भएको सन्ध्या आरती कोभिडको समय होस् वा बर्षाद्को समयमा पनि निरन्तरता दिंदै आएको समिति अध्यक्ष थापाले जानकारी दिए ।
निवर्तमान अध्यक्ष नेपालीका अनुसार परिवारका सदस्यको जन्मदिनमा वा पुण्यतिथिमा आरतीमा कर्ता बन्नेको संख्या दिन प्रतिदिन वृद्धि हुँदा आरती सञ्चालनमा सहयोग पुग्ने गरेको छ । यसले पर्यकीय राजधानी पोखरा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुगेको उनको भनाइ छ ।
तालबाराही मन्दिरको नजिकै बाराही घाटमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्या आरतीमा सबै धर्मावलम्बी र विभिन्न उमेर समूहको रोजाईमा पर्ने गरेको छ ।
आरतीमा धूप, घीउ, ल्वाङदानी, कपुर, मयुरपङ्ख, सेतोचमर, अलैँचीदान, लाछीधागो, फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने पण्डित तथा आरती समितिका कोषाध्यक्ष मदनराज न्यौपानेले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution