
बाँके । बाँकेमा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का २६ वर्षीय गोविन्द ओली छन् ।
स्थानीय झिझरी खोला नजिक बिहीबार बसले ठक्कर दिँदा ओलीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको ना४ख ४५७० नम्बरको बसले ठक्कर दिँदा ओलीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
बसको ठक्करबाट उनले चराउन लगेका १३ बाख्रासमेत मरेका छन् ।





