मापसे गरेर चलाउँदा जीप नालीमा : एकको मृत्यु, छ जना घाइते

  • पोखरा न्यूज
  • २०८१ श्रावण २४
मापसे गरेर चलाउँदा जीप नालीमा : एकको मृत्यु, छ जना घाइते

डडेल्धुरा । डडेलधुरामा जीप दुर्घटना भएको छ ।

बिहीबार दिउँसो डडेलधुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो।

सदरमुकामबाट गन्यापधुरा गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

गन्यापधुरा ३ गौलीगाउँका ४५ वर्षीय कृष्ण भुलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बीरबहादुर थापाले बताए ।

घाइतेमध्ये ६४ वर्षकी ईश्वरीदेवी बिष्टलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जीप अनियन्त्रित तथा चालकले मापसे गरेको भेटिएकोसमेत प्रहरीले जनाएको छ ।

चालक सोही स्थानकै ४५ वर्षीय शेरबहादुर बिष्टलाई नियन्त्रणमा लिइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस