पोखरा । पोखरास्थित फिस्टेल एकेडेमी र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थीबीच सिकाई अनुभव आदानप्रदान भएको छ ।
फिस्टेल स्कुलको निमन्त्रणामा बुधबार आइपुगेका जापानी विद्यार्थी हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभव प्रस्तुत गरे ।
फिस्टेल स्कुलकातर्फबाट कक्षा १० देखि १२ सम्मका विद्यार्थीले आफ्ना अनुभव प्रस्तुत गरे ।
शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीकी प्रमुख किमुजोले फिस्टेल स्कुलले आई.बी.पी.वाई.पी. पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् ।
यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउनेमा दुवै पक्षले प्रतिवद्धता व्यक्त गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution