पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल पोखरामा तीन महिने ‘केयर गिभर तालिम’ को दोस्रो ब्याज सुरु भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट स्वीकृत प्राप्त ‘केयर गिभर तालिम’ कम्तीमा आठ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेर पुगेकाले सहभागी हुन पाउने गरी सूचना प्रकाशन गरिएको र आवेदन आएकामध्ये प्रवेश परीक्षा तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिएको हो । तालिममा पोखरा तथा पोखरा बाहिरका प्रशिक्षार्थीको सहभागिता छ
सिपमूलक जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने तालिमको उद्देश्य रहेको अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलले बताइन् ।
हाल अस्पतालमा क्रिटिकल केयर नर्सिङको पनि तालिम चलिरहेको छ । अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसन अफ नेपाल (सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सका लागि क्रिटिकल केयर नर्सिङ तालिम सञ्चालन गर्दै आइरहेको छ ।
अस्पतालका निर्देशक डा अभिषेक मास्केका अनुसार अस्पताल, नर्सिङ होम, होम केयर जस्ता संस्थामा गुणस्तरीय सेवा प्रदान गर्न तालिमको महत्वपूर्ण भूमिका रहेको छ ।
तालिमले आफूलाई स्वदेशमा मात्र नभइ विदेशमा पनि रोजगारीका अवसर प्राप्त गर्न मद्दत गर्नेछ ।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीका आवश्यकतालाई मध्यनजर गर्दै अस्पतालले समय–समयमा विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution