पोखरा । नेपाली राजनीतिको पहिलो महिला अधिकारवादी संस्था तथा राजनीतिक संगठन नेपाल महिला संघ कास्कीद्वारा २४औँ स्थापना दिवसको अवसरमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले नेपालको प्रत्येक राजनीतिक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले नेपाली महिला आन्दोलनले नेपाली राजनीतिमा अर्थपूर्ण फड्को मारेको र महिला अधिकारवादको विश्व राजनीतिमा प्रत्यक्ष परोक्ष स्थान जमाएको सभापति बरालले स्पष्ट पारे ।
उनले भने, ‘जुन समय विश्व भूराजनीति स्वतन्त्रता र औद्योगिकीकरणको सैद्धान्तिक धरातलका अलावा माक्र्सवादी तथा समाजवादी राजनीतिक धरातलबाट अभिमुख भएको पाइन्छ, यसै कालखण्डमा महिलाका लागि कानूनमै व्याप्त तथा विद्यमान असमानतामूलक कानूनी व्यवस्था उन्मूलन गर्नका लागि प्रयास भएका पाइन्छन् र कानूनतः महिलाको मताधिकार तथा अन्य राजनीतिक अवसर प्राप्त गर्ने गरी महत्वपूर्ण व्यवस्था सुरू भएको थियो ।’
कार्यक्रममा कांग्रेस नेता राजेन्द्रमणि लामिछाने र वीरेन्द्र नारायण विजुक्छे, पोखरा महानगर सभापति सुरेन्द्रमान विजुक्छे, महिला संघकी संस्थापक सभापति शकुन्तला गुरुङ, गृह श्रमिक संघ कास्कीका सभापति लालीमाया रेग्मी शर्मालगायतले बोलेका थिए ।
संघकी सभापति मीना पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा कमला गिरीले स्वागत, अम्व्किा ढकालले धन्यवाद ज्ञापन र सचिव रामकुमारी पौडेलले सञ्चालन गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution