आजको पञ्चाङ्ग
मिति २०८१ साउन २५ गते शुक्रबार, इस्वीसंवत अगस्त ९ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको पञ्चमी तिथि रातिमा १२ः०१ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा हस्ता रातिमा १२ः५८ बजेसम्म त्यसपछि चित्रा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि १९ घटि ४९ पलासम्म त्यसपछि साध्य योग रहनेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा अमृत रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३३ घटि ३ पला अर्थात १३ घण्टा १५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः३२ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः४५ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ८ः४० बजे र अस्ताउने समय रातिमा ९ः०२ बजे रहेको छ । आज नागपञ्चमी, थारु गुरिया पर्व र अन्तर्राष्ट्रिय आदिवासी दिवस रहेको छ ।
आजको राशिफल
मेष : आज समय शुभ छ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीसमेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ ।
वृष : आज समय खराब छ । भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ ।
मिथुन : आज समय शुभ छैन । काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ ।
कर्कट : आज समय शुभ छ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।
सिंह : आज समय राम्रो छैन । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा पनि कमजोरी अनुभूति हुनेछ । समस्यामा अल्मलिनु पर्दा शुभचिन्तकले साथ छोड्न सक्ने देखिन्छ ।
कन्या : आज समय निकै राम्रो रहनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ । दाम कमाउने बेला छ । राम्रो समयको उपयोग गर्नुहोला ।
तुला : आज समय राम्रो छैन । शत्रुस्थानको चन्द्रमाले जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरमा दिएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ । समग्रमा समय खराब छ, सर्तक हुनुहोला ।
वृश्चिक : आज समय राम्रो छ । पेशा-व्यवसायमा राम्रै फाइदा हुनेछ । यसअघि रोकिएका काम आजदेखि सूचारु हुने देखिन्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सहयोगीले साथ दिनाले चिताएका काम बन्नेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
धनु : आज समय मध्यम खालको रहनेछ । आज स्थायीभन्दा अस्थायी पेशाबाट फाइदा हुनेछ । आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्चनुपर्ने अवस्था आउन सक्छ । लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।
मकर : आज समय भरपर्दोे रहनेछैन । अनावश्यक कामका पछि दौडनुपर्नेछ । सामान्य काममा पनि ठूलै रकम खर्चनुपर्ने देखिन्छ । आजको यात्रा खर्चिलो बन्नेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ ।
कुम्भ : आज समय राम्रो छैन । श्रमको उचित मूल्यांकन भए पनि उपलब्धि हातपार्न समय लाग्नेछ । व्यापार बढे पनि लाभांश कमजोर हुने देखिन्छ । विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग हुनुपर्ने देखिन्छ । आँटेको काममा अरूको मुख ताकेर नबस्नुहोला ।
मीन : आज समय र स्वास्थ्य राम्रो रहनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा उठाउन सकिनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ ।
साइतः सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले पूर्व र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३१ बजेदेखि ७ः१० बजेसम्म चर बेला
बिहान ७ः१० बजेदेखि ८ः५० बजेसम्म लाभ बेला
बिहान ८ः५० बजेदेखि १०ः२९ बजेसम्म अमृत बेला
बिहान १०ः२९ बजेदेखि १२ः०९ बजेसम्म काल बेला
मध्यान्ह १२ः०९ बजेदेखि १ः४८ बजेसम्म शुभ बेला
दिनमा १ः४८ बजेदेखि ३ः२७ बजेसम्म रोग बेला
दिनमा ३ः२७ बजेदेखि ५ः०७ बजेसम्म उद्धेग बेला
दिनमा ५ः०७ बजेदेखि ६ः४६ बजेसम्म चर बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४६ बजेदेखि ८ः०७ बजेसम्म लाभ बेला
राति ८ः०७ बजेदेखि ९ः२८ बजेसम्म अमृत बेला
राति ९ः२८ बजेदेखि १०ः४९ बजेसम्म काल बेला
राति १०ः४९ बजेदेखि १२ः०९ बजेसम्म शुभ बेला
राति १२ः०९ बजेदेखि १ः३० बजेसम्म रोग बेला
राति १ः३० बजेदेखि २ः५० बजेसम्म उद्धेग बेला
रातिमा २ः५० बजेदेखि ४ः११ बजेसम्म चर बेला
रातिमा ४ः११ बजेदेखि ५ः३२ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहाननमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।