मनसुनी वायुको प्रभाव: गण्डकी, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ श्रावण २५
मनसुनी वायुको प्रभाव: गण्डकी, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

पाेखरा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण, सरदरकै स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस