बलियो बन्दै कमला

  • पोखरा न्यूज
  • २०८१ श्रावण २५
बलियो बन्दै कमला

काठमाडौँ । रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिन अमेरिकी राष्ट्रपतिका उम्मेद्बार तथा उपराष्ट्रपति कमलादेवी ह्यारिसका सफल भएकी छन् । फिलाडेल्फियामा आफ्ना उम्मेद्बार ह्यारिसका कुरा सुन्न करिब १४ हजार मतदाता चुनावी सभामा सहभागी भएका थिए ।

बुधबार विस्कन्सिनको इउ क्लेयरमा भएको प्रदर्शनमा हजारौँ समर्थकको सहभागितामा करिब एक किलोमिटरभन्दा बढी लामो भीड भेला गरी यस पहिले रिपब्लिकन पार्टीका नेता ट्रम्पले निर्वाचनमा आफूप्रतिको अमेरिकी जनताको आकर्षण पुष्टि गर्ने गरेको एउटा प्रमुख आधारलाई चुनौती दिएकी हुन् ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानका कार्यक्रममा यस्तो सहभागिता सामान्य मानिन्छ तर यी उत्तेजक र आक्रामक नाराबाजीसहितको जुलुस पूर्वराष्ट्रपति ट्रम्पका लागि नभई वर्तमान् उपराष्ट्रपति कमला ह्यारिसको अभियानको समर्थनमा निकालिएको थियो । ह्यारिस अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट ट्रम्पको प्रतिद्वन्द्वी छिन् ।

कार निर्माण कम्पनी स्टेलान्टिसमा काम गर्ने ४६ वर्षीया किना जोनसनले बुधबार मिशिगनको डेट्रोइटस्थित एक एयरफिल्डमा एएफपीसँग भने, “सबै जना साँच्चिकै चुनाबी प्रचार-प्रसारका लागि भेला भएका हुन् ।”

जोनसनले डेमोक्र्याटहरूको चुनावी र्‍यालीबारे भने, “मलाई लाग्छ उनीहरू अझ धेरै सकारात्मक हुनेछन् । अहिले एक महिलाका लागि यो राम्रो कुरा हो, यसले महिलाप्रतिको विश्वासका लागि इतिहास रचिरहेको छ ।”

मिनेसोटाका गभर्नर वाल्ज, मिशिगनमा समर्थकहरूको मानवसागर देखेर दङ्ग देखिए । अभियानका अधिकारीले यसलाई १५ हजार सहभागी भएको जुलुस बताए भने वाल्जले यसलाई ‘अभियानको सबैभन्दा ठूलो र्‍याली’ भएको दावी गरे ।

बाराक ओबामाको शासनकालमा डेमोक्र्याटिक पार्टीको राजनीतिक कार्यक्रममा भाग लिने थुप्रै अमेरिकीको सहभागिता सामान्य हुन्थ्यो तर पछिका डेमोक्र्याटिक उम्मेद्वारका लागि यो विरलैको घटना थियो । एक चामत्कारिक अश्वेत युवा उम्मेद्वार ओबामाले राष्ट्रपति बन्नका लागि अवरोध तोडेका थिए ।

ओबामा र ट्रम्पपछिका दर्जनौँ वर्षमा यो दुर्लभ भएको छ । सङ्ख्याको खेलको बारेमा तीव्र रूपमा सचेत र ठूलो भीडलाई व्यापक समर्थनसँग जोडिन्छ ।

राष्ट्रपति चुनाव हुनुभन्दा तीन महिना कम समय रहँदा ह्यारिस र वाल्जले डेमोक्र्याटिक पार्टीको आधारमार्फत उत्साहको झट्का पठाउँदा ट्रम्पको चुनाबी सभामा हुने भीड र त्यसको समर्थकमा पर्ने लाभलाई ओझेलमा पारेको छ ।

यसले राष्ट्रपति जो बाइडेनले यो चुनावी चक्रमा कोरेको सानो चार्टमा शान्त भीडको तुलनामा उपस्थित सङ्ख्यालाई विशाल देखाइएको छ ।

बाइडेन र सन् २०१६ का उम्मेद्बार हिलारी क्लिन्टन ट्रम्पको विशाल र उत्तेजक ‘रोड शो’सँग कहिल्यै प्रतिस्पर्धा गर्न सकेका थिएनन् । ट्रम्पले यसपहिले अत्यधिक भीड, अराजक शब्द र उत्तेजक समर्थकलाई अग्रपङ्क्तिमा उभ्याएर धेरै स्थानमा विजय सुनिश्चित गर्न रातारात अभियान गरिरहेका थिए ।

तर बाइडेन यस वर्षको दौडबाट बाहिरिएपछि ट्रम्पकी नयाँ प्रतिद्वन्द्वीले प्रदर्शनको खेलमा रिपब्लिकन नेतालाई चुनौती दिन आफू सक्षम रहेको देखाएका छन् ।

ह्यारिसले गत हप्ता जर्जियाको एटलान्टामा १० हजारको दर्शक क्षमताको रङ्गशालामा भरिभराउ दर्शकलाई सम्बोधन गरेकी थिइन् । उनले भीडलाई उत्तेजित गर्न दुई हिपहप स्टारको घोषणा गरेकी छन् ।

त्यसको चार दिनपछि पूर्वराष्ट्रपति ट्रम्पले सोही स्थानमा समान आकारको भीडसहित र्‍याली निकालेको र तुरुन्तै व्यङ्ग्यात्मकरूपमा टिप्पणी गर्दै ‘क्रेजी कमला’ र उनको ‘धेरै खाली सिट’ बारे उल्लेख गरेका थिए ।

ट्रम्पले भीडलाई सम्बोधन गर्दै भने, “मलाई मनोरन्जनकर्ताको आवश्यकता छैन । म स्टेडियम भर्छु किनभने म अमेरिकालाई फेरि महान बनाउँदैछु । यो हाम्रो मनोरञ्जन हो ।”

युनिभर्सिटी अफ विस्कन्सिन-म्याडिसनका राजनीतिका प्राध्यापक ब्यारी बर्डनले एएफपीसँग भने, “ट्रम्पका समर्थकका लागि यो चिन्ताको विषय बनेको छ भने ह्यारिसका लागि गर्वको । ह्यारिसका जुलुस लेसन् २०२० मा बाइडेन र सन् २०१६ मा क्लिन्टनको तुलनामा धेरै ठूलो भीडलाई आकर्षित गरेको छ ।

यस्तो स्पष्ट समर्थनले ट्रम्प मतदातालाई सन् २०२० को निर्वाचन परिणामको वैधताको बारेमा शङ्कालाई बढावा दिएको छ ।

“ह्यारिसले ट्रम्पका पूर्ववर्ती प्रतिद्वन्द्वीकोभन्दा बढी भीडसँग कुरा गरिरहेकी छिन्, ट्रम्पलाई ‘लाभको उम्मेद्बार’ मान्नुको यो तर्क हराउँदै जान्छ,” बर्डनले भने ।

ट्रम्पले आफ्नो राजनीतिक जीवनको सुरुवातदेखि नै यस्ता फाइदा उठाउँदै आएका छन्छ । सन् २०१५ मा उनको अभियानमा सहभागी हुन अलाबामाको एक फुटबल रङ्गशालामा ३० हजार मानिस भेला भएका थिए ।

राष्ट्रपतिको रूपमा उन ‘एयर फोर्स वन’लाई अभियानको अन्तिम सहाराको रूपमा प्रयोग गरेका थिए । उनको र्‍यालीमा गर्जन र उत्तेजित समर्थकले सेल-फोनले तस्वीर खिचिरहँदा उन ‘सिनेमाको हिरोजस्तो’ विमानबाट बाहिर निस्किएका थिए ।

तर बुधबार ह्यारिसले ट्रम्पको चुनावी अभियानको नक्कल गर्दै उपराष्ट्रपतिको जेट एयर फोर्स टुमा डेट्रोइटको र्‍यालीमा पुगेकी थिइन् ।

ट्रम्पले देशभक्तिपूर्ण प्रतिकात्मक बजारलाई समात्न खोज्दै अझै पनि अभियानको ‘अर्जुनदृष्टि’ उनको अमेरिका पहिलो भन्ने नारामा सीमित छ । तथापि, ह्यारिसको कर्कश फिलाडेल्फिया र्‍यालीमा पनि यस्तै आवाज सुनिएको थियो, जुन बाइडेनका कार्यक्रममा विरलै भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस