|फाइल तस्बिर
लमजुङ । लमजुङमा सञ्चालित एकमात्र गुरुकुल आश्रमका आवासीय विद्यार्थीको भरणपोषणका लागि १५ रोपनी खेतमा स्थानीय अभिभावकले श्रमदानबाट रोपाइँ गरेका छन् ।
दुराडाँडास्थित पाणिनी संस्कृत माध्यामिक विद्यालयमा सञ्चालित गुरुकुल आश्रम व्यवस्थापन समितिको संयुक्त पहलमा श्रमदानबाट रोपाइँ गरिएको विद्यालय व्यस्थापन समिति अध्यक्ष अमृत न्यौपानेले बताए ।
गुरुकुलमा जुम्ला, कालीकोट र मुगुका विपन्न ब्राह्मण परिवारबाट ल्याइएका ७ देखि १३ वर्षका २७ जना वटुक अध्ययन गरिरहेका छन् ।
आश्रमका वटुकको भोजनका निम्ति भिक्षा माग्न गाउँघर डुल्नुभन्दा विद्यालयको खेत र त्यस नजिकको बाँझो भूमिमा करिब रु एक लाख बराबरको श्रमदान गरेर रोपाइँ सम्पन्न भएको गुरुकुलका अध्यक्ष पुष्पराज अधिकारीले बताए ।
खेतबाट उत्पादन हुने धानले वटुकलाई छ महिना भोजनको व्यवस्था गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।
सुन्दरबजार नगरपालिकाले रोपाइँ गर्न आश्रमलाई रु पाँच लाख प्रदान गरेको थियो । उक्त रकममध्ये रु ३० हजार मलखाद र बीउ खरिदमा खर्च भएको जानकारी उनले दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution