कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको सरुवा

  • पोखरा न्यूज
  • २०८१ श्रावण २५
कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको सरुवा

पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको सरुवा भएको छ ।

न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गर्ने क्रममा शर्माको पनि सरुवा गरिएको हो । शर्माको डडेलधुरा जिल्ला अदालतमा सरुवा भएको हो ।

यस्तै कास्की जिल्ला अदालतमा न्यायाधीशद्वय कृष्णजंग शाह र भोलानाथ ढकाल आउने भएका छन् । शाह अर्घाखाँची र ढकाललाई डोल्पाबाट कास्कीमा सरुवा गरिएको हो ।

शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो ।

यसअघि साउन १५ गते परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो । एक हप्ताको अन्तरालमा परिषद्ले दोस्रो पटक जिल्ला न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस पनि गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस