पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको ‘भुटान फाम टूर’ सम्पन्न भएको छ । अमीन भुटान टुर्स एण्ड ट्रेकले टान गण्डकीमा आबद्ध भुटानमा टूर विक्री गर्ने कम्पनीका प्रतिनिधिलाई भुटान फाम टूरमा सहभागी गराएको थियो ।
पोखरा महानगरपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा टानका १५ जना प्रतिनिधिले अगस्ट ३ देखि ७ सम्म भुटानको भ्रमण गरेका हुन् ।
भ्रमण सम्पन्न गरेर टोली पोखरा फर्किएको कार्यक्रम संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । भुटान भ्रमणका क्रममा विभिन्न कार्यक्रम गरिएको आचार्यले जानकारी दिए ।
सो अवसरमा भुटानका परराष्ट्रमन्त्री दिननाथ ढुंगेल, भुटान दलका संसदीय दल नेता लाक्पा छिरिङ्ग तामाङ तथा पर्यटन विभागका निर्देशक डोक्या रिन्जिमलगायत उच्च स्तरीय नेतृत्वसँग भेट तथा पर्यटनका विषयमा छलफल भएको आचार्यले जानकारी दिए ।
उच्च स्तरीय भेटमा संयोजक आचार्यले पर्यटन विकासमा नेपाल र भुटानले हातेमालो गर्न सकिने बताए । उनले भुटानको धर्म, संस्कृति, भाषा र डाडाँकाँडा नेपालसँग मिल्दोजुल्दो रहेको जानकारी गराए । नेपालको पदमार्ग सकेर भुटानमा भ्रमण गरेमा पर्यटकको यात्रा पूर्ण हुने तर्क आचार्यले गरेका थिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र भुटानको पारो विमानस्थल बिचमा उडान गर्नेबारे चासो राखे ।
उनले नेपाली पर्यटकलाई भुटान आउनका लागि सहजीकरण गर्न आग्रह गरेका थिए । नेपाल र भुटानलाई पर्यटनमार्फत जोड्न सकिने श्रेष्ठको भनाइ थियो ।
त्यसक्रममा भुटानका परराष्ट्रमन्त्री ढुङेगलले आगामी दिनमा टान गण्डकीसँग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।
नेपालका विभिन्न ठाउँबाट भुटान घुम्न आइदिन आग्रह गर्दै मन्त्री ढुंगेलले निकट भविष्यमा पोखरा भ्रमण गर्न नेपाल आउने वाचा गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution