पोखरा । पोखरामा आगामी असोज दोस्रो साता विकास प्रिजेन्टस् एमेच्युअर फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता असोज ८ देखि १२ गतेसम्म पोखरा-१५ नयाँगाउँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका परिकल्पनाकार विकास गुरुङले जानकारी दिए ।
प्रतियोगिताले फुटबलको विकासमासमेत टेवा पुर्याउने विश्वास छ । नवोदित खेलाडीलाई स्थान प्रदान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
‘लोकल लेभलमा पनि राम्रा खेलाडी छन्, उनीहरुले स्थान पाएका छैनन्,’ गुरुङले भने, ‘त्यस्ता खेलाडीलाई लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको हो ।’
प्रतियोगितामा ‘ए’, ‘बि’ र ‘सि’ डिभिजन खेलेका खेलाडी सहभागी हुन पाउने छैनन् । प्रतियोगिता विजेताले ६० हजार र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा विधागततर्फ उदीयमान खेलाडीलाई पाँच हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर तथा सर्वाधिक गोलकर्तालाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने अनुशासित टिमलाई पनि पाँच हजार रुपैयाँ प्रदान गरिने गुरुङले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution