
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ हल्लनचोकमा ‘थ्री मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबको आयोजनामा भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लब सचिव अशोक थापाले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको हो ।
प्र्रतियोगिता विजेताले ४० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने सचिव थापाले बताए ।
प्रतियोगितामा सहभागी टीमले प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी एक जना मात्रै समावेश गर्न पाइने क्लब अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।





