आफ्नै स्कुल बसको ठक्करबाट ६ वर्षीया रियान्सीको मृत्यु

  • पोखरा न्यूज
  • २०८१ श्रावण २५
आफ्नै स्कुल बसको ठक्करबाट ६ वर्षीया रियान्सीको मृत्यु

भक्तपुर । भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।

शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नं को बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेकी ६ वर्षीया रियान्सी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुलबाट घर फर्कने क्रममा बसबाट ओर्लिएलगत्तै बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बालिकालाई डा ईवामुरा अस्पताल लगिएको र अस्पतालले मृत्यु भइसकेको घोषणा गरेको थियो ।

बालिकाको शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा राखिएको छ ।

प्रहरीले भक्तपुर नगरपालिका‐२ ख्वामा बस्ने ५९ वर्षीय चालक कान्छा देउपाललाई बससहित नियन्त्रणमा लिएको छ ।

हाल उनलाई प्रहरी वृत्त जगातीमा राखिएको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस