पोखराको लिटल फ्लावर स्कुलद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा पोखरा-२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले कक्षा १२ उत्तीर्ण विद्यार्थीले विदेश मात्रै नताकि स्वदेशमै अवसरको खोजी गर्न आग्रह गरे ।

साे अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकसिंह गुरुङ, प्राचार्य विकल पौडेल, कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेल, राइजिङस्टार युवा क्लब अध्यक्ष यमप्रसाद गुरुङ, प्रगतिचोक आमा समाज अध्यक्ष देवी गुरुङ, सञ्चालक सदस्यलगायतले विद्यार्थीको भावी जीवनको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

कक्षा १२ मा अध्यापन गराएका शिक्षक र गण्डकी प्रदेश स्तरीय खेलकुदमा उत्कृष्ट भएकी कक्षा ९ की सुजाता कुमाललाई सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालय संस्थापक एवं सञ्चालक अध्यक्ष देवी खड्काको अध्यक्षतामा भएको भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button