रौतहट । रौतहटमा शुक्रबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईशनाथ नगरपालिका वडा नं. ४ मठिया टोलका ६ वर्षीय महमद सुलतान रहेका छन् ।
आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution