बागलुङको भैरवस्थान मन्दिरमा हरेलो पर्व

  • पोखरा न्यूज
  • २०८१ श्रावण २६
बागलुङको भैरवस्थान मन्दिरमा हरेलो पर्व

बागलुङ । बागलुङको बलेवास्थित भैरवस्थान मन्दिरमा मनाईने हरेलो पर्वलाई संरक्षण गर्नका लागि थालिएको छ। ऐतिहासिक हरेलो पर्वलाई संरक्षणका लागि मेलाको रुपमा तीन वर्ष यता मनाउन थालिएको हो ।

बागलुङ-१२ स्थित मन्दिर परिसरमा स्वतस्फूर्त रुपमा चल्दै आएको हरेलो पर्व लोप हुन लागेकाे भन्दै संरक्षणका लागि मेलाका रुपमा मनाउन थालिएको हो ।

परम्परागत रुपमा लाग्दै आएको हरेलो पर्वलाई संरक्षणका लागि तीन वर्ष यता मेलाको रुपमा आयोजना गर्दै आइएको गुठी व्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

‘भैरवस्थान मन्दिरको दर्शन, कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ गत भदौ ४ गते मेला आयोजना गरिएको थियाे ।

बागलुङ-१०, भकुण्डे ११, रायडाँडा १२, अमलाचौर १३ पैयुँपाटा १४, नारायणस्थान र जैमिनी नगरपालिका-१ को कोतको रुपमा समेत रहेको मन्दिर परिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ ।

मेलामा भकुण्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गीत, पैयुँपाटाको नौमती बाचा, नारायणस्थानको लाखे र कुश्मीसेराको सालैजो  प्रस्तुत गरिएकाे थियाे । मेलामा छेलो प्रतियोगिताका साथै ख्यातिप्राप्त कलाकारको सांगीतिक प्रस्तुति राखेका थिए ।

मेलामा ऐतिहासिक तरबार नाच पनि प्रस्तुत गरिएकाे मेला मूल आयोजक समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले जानकारी दिए।

भैरवस्थान मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । मेलाको अवसरमा ३५ हजार आन्तरिक पर्यटकले भैरवस्थान मन्दिरको दर्शन गरेकाे बताइएको छ ।

बाइसे चौबिसे राज्यको समयमा सन् १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यको सूचिमा समावेश छ ।

मन्दिरमा साताको मंगलबार र शनिबार विशेष पूजा हुने गर्दछ । मन्दिरमा तत्कालीन राजाको भनिने पुराना खड्ग र त्रिशूल पनिरहेका छन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस