पोखरा । पोखराको रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी छ । कार्यक्रममा भक्तजनको सहभागिता बढ्दै गएको छ । साउन १० गतेदेखि सुरु भएको श्रीमद्वीतकको १७औँ दिनसम्म आइपुगेको छ ।
भक्तजनको सहभागिता बढेसँगै सहयोग आउने क्रमसमेत बढेको श्रीकृष्ण प्रणामी सेवा समिति अध्यक्ष मोहनप्रसाद ढकालले जानकारी दिए ।
शुक्रबार गण्डकी जीआइ वायर एण्ड मेटल इण्डष्ट्रिजले १५ हजार पाँच सय ५५ रुपैयाँ दान गरेको छ । यसैगरी मोहनप्रसाद ढकाल र सुुश्मा ढकालले १४ हजार पाँच सय, डा. दयाराज ढकाल र विनिता ढकालले १२ हजार दुई सय, दिवाकर कर्णले १० हजार पाँच, गण्डकी ह्युम पाईप उद्योगका सञ्चालक शंकरप्रसाद अधिकारीले पाँच हजार पाँच सय ५५, युनाइटेड इन्स्योरेन्सले पाँच हजार एक सय पाँच, राधादेवी पोख्रेलले दुई हजार एक सय २१ र ममता खनालले एक हजार ५० रुपैयाँ सहयोग गरेका छन् ।
शुक्रबार एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गा पुरी, बैंकका पोखरा शाखा प्रमुख सुदीप पौडेल, अमरसिंह शाखा प्रमुख बलराम गिरी, प्रतिनिधि दिविरविक्रम शाह, तारानाथ पौडेल, उद्योगपति शंकरप्रसाद अधिकारी, ग्लोवल कलिजियटका प्राचार्य बाबुराम पन्त, गण्डकी ह्युमपाइपका सञ्चालक शंकरप्रसाद अधिकारी, गण्डकी जिआई तथा श्रीष फेन्सीका सञ्चालक श्रीप्रसाद बास्तोलालगायत सहभागी थिए ।
मन्दिरमा प्रत्येक दिन ११ देखि २ बजेसम्म श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुनेछ । श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज र लिलाम्बर सापकोटाले प्रवचन दिइरहेका छन् । भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिइरहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution