मनसुनी वायुको प्रभाव : गण्डकी, कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने

  • पोखरा न्यूज
  • २०८१ श्रावण २६
मनसुनी वायुको प्रभाव : गण्डकी, कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने

पाेखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा आज पनि सरदर स्थान आसपास रहेको छ ।

मनसुनी वायुको प्रभावका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रही गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी, कोशी र बागमती र प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुने प्रक्षेपण पनि छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा गण्डकी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र मधेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कोशी प्रदेशको एक–दुई स्थानमा राति पनि भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस