डेंगी संक्रमणबाट शिक्षिका ४२ वर्षीया विमला दाहाल पौडेलको निधन

  • पोखरा न्यूज
  • २०८१ श्रावण २६
डेंगी संक्रमणबाट शिक्षिका ४२ वर्षीया विमला दाहाल पौडेलको निधन

काठमाडौँ । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत शिक्षिका ४२ वर्षीया विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो।

ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो।

उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो । नेपालमा डेंगीको संक्रमण तीव्र रुपले बढिरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस