पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बीचमा सहकार्य भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बतएका हुन् ।
मन्त्री गुरुङले जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको र सरकारले मुलुक सामु देखा परेका समस्यालाई सम्बोधन गर्ने स्पष्ट पारे ।
उनले संसदीय व्यवस्था भएका मुलुकमा दुई ठूला दल मिलेर बिरलै सरकार बनाउने गरे पनि नेपालका लागि भने त्यो नौलो नभएको जिकिर गरे ।
मुलुकले भोग्नुपरेका समस्या समाधानका लागि यसअघि पनि नेपाली कांग्रेस र एमालेबीचमा सहकार्य भएको भन्दै उनले मन्दीमा रहेको अर्थतन्त्रलाई गतिशील बनाउने, रोजगारी सिर्जना, सुशासन र समृद्धिको सङ्कल्पसहित वर्तमान सरकार गठन भएको स्पष्ट पारे ।
वर्तमान सरकारलाई असफल हुने छुट नभएको जनाउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पुराना र मूलधारका राजनीति दलको औचित्यमा प्रश्न उठ्न दिन नहुने बताए ।
उनले राजनीतिक स्थिरतासहित जनतामा विकास र सुशासनको अनुभूति गराउन सरकार क्रियाशील रहेको बताए । लोकतन्त्र र गणतन्त्र ल्याउन सङ्घर्ष गरेका दलहरु असफल भएमा प्रतिगमनकारीले टाउको उठाउने जोखिम हुने उनको भनाइ थियो
मन्त्री गुरुङले नेपाल टेलिकम, हुलाकलगायत राज्यको स्वामित्वमा रहेका संस्थाको गुणस्तर सुधारसहित प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।
पुराना सञ्चार नीति, कानुन परिमार्जन गरिने, ‘डिजिटल’ नेपालको अवधारणाअनुसार सूचनाप्रविधिको अधिकतम उपयोगलाई जोड दिइएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution