पाेखरा । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार गर्नुको विकल्प नरहेको बताएकी छन् ।
त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौँ साधारणसभा उद्घाटन गर्दै भट्टराईले लाखौँ विद्यार्थीको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको बताइन् ।
मन्त्री भट्टराईले कुनै गुनासो नआउने गरी कार्यसम्पादनको स्तरमा सुधारका लागि अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने स्पष्ट पारिन् ।
राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा हरेक निकायलाई राजनीतिमार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उल्लेख गरिन् ।
उनले भनिन्, ‘हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजनासहित अघि बढ्ने छौँ ।’
सरोकारवाला सबै निकायलाई केही समयभित्र गुणस्तरीय शिक्षामार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गरिन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution