पोखरामा पत्रकार, खेलाडी र व्यवसायी सम्मानित

  • पोखरा न्यूज
  • २०८१ श्रावण २६
पोखरामा पत्रकार, खेलाडी र व्यवसायी सम्मानित

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायी सम्मानित भएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल, पत्रकार एकराज गिरी, पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदार सम्मानित भएका हुन् ।

यसैगरी महानगर खेलकुद विकास समिति सदस्यसचिव सुभास खड्का, खेलाडी विशाल बस्नेत, सिदान्त अधिकारी, कृपा गुरुङ र रचनाकुमारी चौधरी, व्यवसायी ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गाप्रसाद आचार्य, शोभाखर अधिकारी पनि सोही अवसरमा सम्मानित भए ।

गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रिटर्नी माइग्रेट नेपाल कास्की अध्यक्ष अमृतप्रसाद बास्तोला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर रोका, कार्यक्रम संयोजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले सम्मान गरे ।

प्रदेशसभा सदस्य भीम कार्कीले देशमा राजनीति अस्थिरता रहेको र त्यसले जनतामा निराशा पैदा गरेको बताउँदै राजनीतिक स्थायित्व, अर्थतन्त्रमा देखिएको संकट, भष्टाचार नियन्त्रण र समाजमा भएका विकृति विसंगतिलाई अन्त्यका लागि कांग्रेस–एमालेको सरकार बनेको बताए ।

उनले अप्ठ्यारोमा परेको अर्थतन्त्र, देशलाई निकास, विकृति विसंगति सुधार, भष्टाचार र अर्थतन्त्रमा आशाको सञ्चारका लागि सरकारले काम गर्ने बताए ।

उनले रिटनीहरुका समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने कार्कीले बताए ।

रोजगारीका लागि विदेशमा बसेर आएकाको सीप र ज्ञानलाई स्वदेशमा उपयोग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उद्देश्यले साझा संस्थाका रुपमा गठन गरिएको कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए ।

कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सल्लाहकार चन्दबहादुर रोका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनी, संस्थापक अध्यक्ष बुद्धिप्रसाद सुवेदी, दिपकबहादुर गोदार, रिटर्नी फेडेरेसन नेपाल गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल, एसिया मानव अधिकार मञ्चका मनबहादुर थापा, रिटर्नी सेन्टर नेपाल केन्द्रीय सदस्य चूडामणि अधिकारी, उपाध्यक्ष दुर्गाप्रसाद आचार्यलगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष अमृतप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम संयोजन रिटर्नी गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले गरेका संस्थाका कोषाध्यक्ष माधव भण्डारीले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस