पोखरा-२९ स्थित आदर्श युवा क्लबको नेतृत्वमा त्रिपक्षीय भिडन्त हुने

  • पोखरा न्यूज
  • २०८१ श्रावण २६
पोखरा-२९ स्थित आदर्श युवा क्लबको नेतृत्वमा त्रिपक्षीय भिडन्त हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिकस्थित आदर्श युवा क्लबको अध्यक्ष पदका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

क्लबका वर्तमान अध्यक्ष पदम गुरुङ, उपाध्यक्ष प्रशान्त सुनार र सहसचिव लक्की पुनबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्ष पदमा चुनाव हुने भए पनि अन्य पदमा सर्वसम्मत भएको छ । क्लबको उपाध्यक्षमा ओमप्रकाश गुरुङ, सचिवमा सन्तोष गुरुङ, सहसचिवमा उद्धव गिरी र कोषाध्यक्षमा बिष्णु हमाल छन् ।

कार्यसमिति सदस्यमा राजीव भण्डारी, ओमप्रसाद कुमाल, कर्णबहादुर गुरुङ, सञ्जिव पौडेल, कृष्ण कुमाल र विनोद गुरुङ छन् ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै पोखरा-२९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले संस्थाका गतिविधिलाई चलायमान गराउँदै समाज सुधारका लागि अझै बढी सक्रियता देखाउनुपर्नेमा जोड दिए ।

उनले युवा विदेश पलायन भइरहेको वर्तमान अवस्थामा उनीहरुलाई नेपालमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउन क्लबको विशेष भूमिका रहने स्पष्ट पारे ।

संस्थापक अध्यक्ष निवर्तमान वडाअध्यक्ष चेतबहादुर गुरुङले वि.सं. २०४५ सालदेखि फुटवल खेललाई प्राथमिकता दिँदै आएको र क्लबले विगतमा विविध क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए ।

कार्यक्रममा दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी, भूपू सैनिक क्लब अध्यक्ष मेजर रामप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरतराज ओझालगायतले बोलेका थिए ।

क्लब अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण सुनारले स्वागत र सञ्चालन सचिव ओमप्रकाश गुरुङले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस