आजको पञ्चाङ्ग
मिति २०८१ साउन २७ गते आइतबार, इस्वीसंवत अगस्त ११ तारिक सन् २०२४, श्रीशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणशुक्लपक्षको सप्तमी तिथि रातिमा ३ः३५ बजेसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ । नक्षत्रमा स्वाति अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा शुभ २३ घटि ३० पलासम्म त्यसपछि शुभ योग रहनेछ । करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा लुम्व रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५६ पला अर्थात १३ घण्टा १२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः३३ बजे रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः४३ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय बिहानमा ११ः१७ बजे र अस्ताउने समय रातिमा १०ः२६ बजे रहेको छ । आज रविसप्तमी व्रत गर्ने दिन तथा तुलसीदास जयन्ति रहेको छ ।
आजको राशिफल :
मेष : आज समय शुभ रहनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ । रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ ।
वृष : आज स्वास्थ्य राम्रो रहनेछ । मिहिनेतले आम्दानीको दिगो स्रोत जुटाउन सक्छ । व्यापार र उद्योगमा फाइदा हुनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय रहेको छ ।
मिथुन : आज समय खराब रहनेछ । खर्च बढ्नाले रकम अभाव देखा पर्न सक्छ । दैनिक काम रोकिनेछ र खानपानको असावधानीले स्वास्थ्य कमजोर रहन सक्छ । अरूका लागि जुट्नुपर्दा नियमित काममा बाधा पर्नेछ। माया प्रेममा सामान्य खटपटको योग पनि रहेको छ ।
कर्कट : आज स्वास्थ्य भरपर्दो रहनेछैन । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला । परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट तनाव बढ्ने देखिन्छ । सतर्क हुनुहोला ।
सिंह : आज समय शुभ छ । विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ । खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ । रोजगार पाइने समय रहेको छ ।
कन्या : आज समय खराब छ । स्वास्थ्य कमजोर रहने देखिन्छ । घरायसी काम बिग्रनाले दुःख पाइनेछ । आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ, सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग छ । माया प्रेममा समस्या हुनेछ ।
तुला : आज समय अत्यन्तै शुभ छ । प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ । काम देखाएर उपलब्धि हातपार्ने मौका छ । नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ ।
वृश्चिक : आज समय अत्यन्तै खराब छ । पारिवारिक असमझदारी बढ्ने हुँदा उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्नेछ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन् । काममा बाधा पुर्याउनेहरू सक्रिय हुने हुँदा सजग रहनुहोला । प्राविधिक ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ ।
धनु : आज स्वास्थ्यमा एक्कासि समस्या आउने योग छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। ईश्या गर्नेहरूले अवरोध पुर्याउने देखिन्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । समय खराब छ सतर्क हुनुहोला ।
मकर : आज स्वास्थ्य सबल रहनेछ । शुचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ । समग्रमा समय शुभ छ, भरपूर उपयोग गर्नुहोला ।
कुम्भ : आज समय खराब छ, आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । जागीरमा समस्या उत्पन्न हुनेछ, शुभचिन्तकहरू पनि टाढिने देखिन्छ ।
मीन : आज समय मध्यम खालको छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय शुभ छैन । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी गर्न सकिनेछ । घर जग्गा तथा सवारी साधनको कारोबारमा ध्यान दिनुहोला ।
साइतः सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः३१ बजेदेखि ७ः१० बजेसम्म उद्धेग बेला
बिहान ७ः१० बजेदेखि ८ः५० बजेसम्म चर बेला
बिहान ८ः५० बजेदेखि १०ः२९ बजेसम्म लाभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः०९ बजेसम्म अमृत बेला
मध्यान्ह १२ः०९ बजेदेखि १ः४८ बजेसम्म काल बेला
दिनमा १ः४८ बजेदेखि ३ः२७ बजेसम्म शुभ बेला
दिनमा ३ः२७ बजेदेखि ५ः०७ बजेसम्म रोग बेला
दिनमा ५ः०७ बजेदेखि ६ः४६ बजेसम्म उद्धेग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः४६ बजेदेखि ८ः०७ बजेसम्म चर बेला
राति ८ः०७ बजेदेखि ९ः२८ बजेसम्म लाभ बेला
राति ९ः२८ बजेदेखि १०ः४९ बजेसम्म अमृत बेला
राति १०ः४९ बजेदेखि १२ः०९ बजेसम्म काल बेला
राति १२ः०९ बजेदेखि १ः३० बजेसम्म शुभ बेला
राति १ः३० बजेदेखि २ः५० बजेसम्म रोग बेला
रातिमा २ः५० बजेदेखि ४ः११ बजेसम्म उद्धेग बेला
रातिमा ४ः११ बजेदेखि ५ः३२ बजेसम्म चर बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।