पोखरा । नेवाः खलः कचा पृथ्वीचोकले पोखरामा आयोजना गरेको ‘लाखे नाच प्रतियोगिता’ मा मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम भएको छ ।
यस्तै रामकृष्ण टोल ल्याम्ह पुच दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र गैह्रापाटन नेवाः समाज सान्त्वना भयो ।
प्रथम हुने टिमले ५५ हजार पाँच सय ५५, दोस्रोले ३३ हजार तीन सय ३३, तेस्रोले २२ हजार दुई सय २२ र सान्त्वना हुनेले ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए भने विजयीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले पुरस्कार हस्तान्तरण गरेका थिए ।
मुखमा मुखुण्डो लगाएर कालिकाको वस्त्रसहित सिंगारेर लाखे नचाउने गरिन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माने दुःख नदिउन् भनी यो नाच देखाइने पुरानो प्रचलन हो । नेवाः (नेवार) समुदायमा कुनै विशेष जात्रा अथवा पर्वको अवसरमा विभिन्न प्रकारका नृत्य नाचिन्छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution