पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगर कञ्चन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित सो पुरस्कारबाट श्रेष्ठ र मगर पुरस्कृत भएका हुन् ।
फोनिजको स्थापना दिवसको अवसरमा आइतबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङलगायतले पत्रकार श्रेष्ठ र मगरलाई पुरस्कार अर्पण गरेका हुन् । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ नगद छ ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजू र उनका परिवारले आफ्ना पितामाता वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई जना पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution