पोखरा । चीनको व्यावसायिक वाहन निर्माता कम्पनी फोटोन र सोकोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेइकल्सले पोखरामा शोरुम सञ्चालन गरेको छ । आइतबारदेखि पोखराको बुद्धचोकमा शोरुम सञ्चालनमा आएको हो ।
शोरुममा फोटोन र सोकोनका गाडी उपलब्ध छ । फोटोनका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारी साधन शोरुममा पाइन्छन् । साथै सोकोनका बहुमुखी इसी३६ भ्यान, यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट छन् ।
कम्पनी सेल्स प्रमुख नवीन आचार्यका अनुसार फोटोन र सोकोनका विद्युतीय र पेट्रोलीयम गाडी पोखरा शोरुमबाट बिक्री गरिनेछ । शोरुममा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधन उपलब्ध छन् ।
सर्भिस प्रमुख जयन्त बस्नेतका अनुसार कम्पनीका नेपालभर २० वटा सेवा केन्द्र छन् । कम्पनीले विद्युतीय सवारीसाधन र सीएटीएल ब्याट्री पनि प्रदान गर्ने उनले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले ग्राहकलाई सेवा दिन देशका कुना-कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गरिने बताए । ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने कम्पनीको योजना रहेको उनले स्पष्ट पारे ।
सो अवसरमा सहभागी गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङले जलविद्युतको विकासको कारण विद्युतीय सवारीसाधनको भविष्य राम्रो हुने बताए । विद्युतीय सवारी साधनको प्रयोगले व्यक्तिलाई नाफा मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुग्ने उनको विश्वास छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution