पोखरामा भोलि धार्मिक पदयात्रा, पूर्वउपप्रधानमन्त्री लिङ्देन सहभागी हुने

  • पोखरा न्यूज
  • २०८१ श्रावण २७
पोखरामा भोलि धार्मिक पदयात्रा, पूर्वउपप्रधानमन्त्री लिङ्देन सहभागी हुने

पोखरा । नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीले सोमबार पोखरामा धार्मिक पदयात्रा गर्ने भएको छ ।

वैदिक सनातन हिन्दू अधिराज्य नेपालका लागि धार्मिक पदयात्रा कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

पदयात्रामा राप्रपाका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देन सहभागी हुँदैछन् ।

धार्मिक पदयात्रा सोमबार बिहान ८ बजे पोखराको महेन्द्रपुलदेखि पोखरा ६ बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिरसम्म हुनेछ ।

केदारेश्वरमा यस वर्षको श्रावण महिनाको अन्तिम सोमबार बोलबम पदयात्रासहित भव्य धार्मिक मेला लाग्दैछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस