पोखरा । पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीलाई मातृशोक परेको छ ।
जिसीकी माता मानकुमारी जिसीको ९१ वर्षकाे उमेरमा आज साँझ करिब ६ बजे आफ्नै निवास पोखरा-२८ देउमाडीमा निधन भएको हो । उनी केही दिनदेखि बिरामी थिइन् ।
मानकुमारीका पति नरबहादुर, जेठा छोरा मानबहादुर, माइला सूर्यबहादुर, साइला कृष्णबहादुर र कान्छा रामबहादुर जिसी छन् । उनकी एक छाेरी तीर्थकुमारी बराल छन् ।
स्व. मानकुमारीको सोमबार बिहान देउमाडीस्थित घरबाट शवयात्रासहित अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
यसैबीच नेकपा एमाले पोखरा महानगर कमिटीले पोखराका निवर्तमान मेयर मानबहादुरकी माता एवं पार्टीका असल अभिभावक मानकुमारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टी अध्यक्ष जीवन आचार्यले मानकुमारीको निधनले एमालेका लागि अपूरणीय क्षति पुगेको उल्लेख गरे । दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै अध्यक्ष आचार्यले समवेदना व्यक्त गरे ।
यता, नेपाली कांग्रेस कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले मानकुमारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘हजुरमुमाको निधनले सबै परिवार अत्यन्तै मर्माहत, शोकाकुल एवं स्तव्ध भएका छौँ’, केसीले भनेका छन् ।
उनले भने, ‘यस दुःखद् घडीमा अमर आत्माको चिर शान्ति तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ ।’
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution