काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलियाले पार्टीको केन्द्रीय उपसभापति वा महामन्त्री पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेकी छन्।
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा उनले महामन्त्री वा उपसभापतिमा महिला अनिवार्य निर्वाचित हुने व्यवस्था माग गरेकी हुन् ।
गत बुधबारदेखि जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा केन्द्रीय सदस्य थपलियाले विधान संशोधन गरेर भए पनि महिलाको प्रतिनिधित्व हुने व्यवस्था अनिवार्य गरिनुपर्ने धारणा राखिन् ।
राजनीतिमा महिलाको उल्लेख्य सहभागिता र आकर्षण बढे पनि ‘उप’ मै सीमित राख्ने परिपाटी तोड्न जरुरी रहेको थपलियाले बताइन् ।
“संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा पनि प्रमुख‚ उपप्रमुखमा एकजना महिला अनिवार्य त गरियो । तर, प्रमुखमा महिलाहरूको सहभागिता दुई प्रतिशत पनि छैन । अब कांग्रेसले विधान संशोधन गरेर नयाँ अभ्यास सुरु गर्नुपर्छ‚” उनले भनिन्‚ “नेपाली कांग्रेसको वडा तहदेखि केन्द्रीय समितिमा विधान संशोधन गरेर महामन्त्री वा उपसभापति पदमा महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।”
थपलियाले भ्रातृ एवं शुभेच्छुक संस्थाको दुई–दुई वर्षमा अनिवार्य अधिवेशन गर्न सम्भव नभए सम्बन्धित जिल्ला, क्षेत्र, प्रदेश वा केन्द्रका सभापतिले आफैँ तदर्थ समिति तोक्न पाउने व्यवस्था गर्न पनि माग गरिन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution